ad ad

ग्लोबल


चीनको सान्सी प्रान्तमा भिषण आँधी, १५ जनाको मृत्यु, ३ बेपत्ता

चीनको सान्सी प्रान्तमा भिषण आँधी, १५ जनाको मृत्यु, ३ बेपत्ता

नेपालखबर
असोज २७, २०७८ बुधबार ५:२८, काठमाडौँ

लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। 

प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको छ। 

उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १ लाख २० हजार एक सय जनालाई स्थानान्तरण गरिएको छ। 

यसैगरी ३ लाख ३७ हजार ७ सय घर भत्किएका भने २ लाख ३८ हजार ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ। जसको कारण ७८० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .