ad ad

ग्लोबल


आईएसका वरिष्ठ नेता सामी जसिम गिरफ्तार

आईएसका वरिष्ठ नेता सामी जसिम गिरफ्तार

नेपालखबर
असोज २६, २०७८ मंगलबार ६:३१, काठमाडौँ

इस्लामिक स्टेट (आईएस) का उच्च नेता सामी जसिम गिरफ्तार भएका छन्।

इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीले जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरिएको जानकारी दिएका हुन्। 

इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्। 

अल कादिमीले यसबारे थप विवरण भने दिएका छैनन्। इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेशनमा पक्राउ गरिएको थियो। 

कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिमा आवद्ध छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .