ad ad

ग्लोबल


गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन स्थगित

गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन स्थगित

नेपालखबर
असोज २५, २०७८ सोमबार १५:१४, काठमाडौँ

गैरआवासीय नेपाली संघले आफ्नो १० औँ महाधिवेशन स्थगित गरिएको जनाएको छ। 

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रवक्ता डिबि क्षेत्रीले जानकारी दिए।

संघको महाधिवेशन प्रतिनिधिबारे विवाद उत्पन्न भएपछि  परराष्ट्र मन्त्रालयले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो।

‘गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भयो’ महासंघले भनेको छ, ‘बैठकले मन्त्रालयको सुझाव अनुसार पूर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ।’

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग  परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको प्रवक्ता क्षेत्रीले बताए।

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसकेका र आउन तयार रहेका प्रतिनिधिहरूमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघले क्षमा मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .