ad ad

ग्लोबल


‘पाकिस्तानी परमाणु बम’का पिताको निधन

‘पाकिस्तानी परमाणु बम’का पिताको निधन

नेपालखबर
असोज २५, २०७८ सोमबार ५:४०, काठमाडौँ

पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको  निधन भएको छ। 

लामो समयदेखि कोभिड–१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो।

सन् १९७० को दशको सुरुआतमा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउने दिशातर्फ डोहोर्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

पाकिस्तानका आन्तरिक मामिलामन्त्री शेख रशीद अहमदले राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन्। 

उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न हजारौँको सङ्ख्यामा सर्वसाधारण जनताको उपस्थिति थियो। राजकीय सम्मानसाथ उनको अन्तिम बिदाइ गरिएको छ। साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको स्थानीय प्रशासनले जनाएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .