अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प गएको छ।
स्थानीय समयअनुसा अष्ट्रेलियाको भिक्टोरिया केन्द्रबिन्दु भएर मंगलबार बिहान ९ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
भूकम्पको धक्का भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा, तास्मानिया लगायतका सहरमासमेत महसुस गरिएको छ।
भूकम्पले धेरै भवनहरु तत्किएका छन्। तर, अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
सरकारले भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने अष्ट्रेलिया सरकारले जनाएको छ। भूकम्पबाट पीडितको उद्धारको काम सुरु भइसकेको सरकारले जनाएको छ। एजेन्सी
66
Shares
प्रतिक्रिया