ad ad

ग्लोबल


अमेरिका र चीनलाई वार्तामा बस्न राष्ट्रसंघका महासचिवको आग्रह

अमेरिका र चीनलाई वार्तामा बस्न राष्ट्रसंघका महासचिवको आग्रह

नेपालखबर
असोज ६, २०७८ बुधबार ६:५४, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा बस्न आग्रह गरेका छन्।

मंगलबार संयुक्त राष्ट्रसंघको महासभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटरेसले अमेरिका र चीनलाई तिक्तता त्याग्न आग्रह गरेका हुन्। 

‘तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्छ,’ गुटरेसले भने, ‘तसर्थ, म अमेरिका र चीनलाई वार्तामा बस्न र आपसी बैमनस्यतालाई कम गर्न आग्रह गर्छु। यो समस्या समाधानका लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यसबारे धेरै कम पूर्वानुमान गर्न सकिने छ।’ 

उनले विश्वासलाई पुनः स्थापित गर्न र आशालाई प्रेरित गर्नका लागि संयुक्त राष्ट्रसंघलाई सबैको सहयोग जरुरी रहेकोमासमेत जोड दिए। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .