ग्लोबल


सर्पदंशबाट नाइजेरियामा वर्षेनी २ हजारको मृत्यु

सर्पदंशबाट नाइजेरियामा वर्षेनी २ हजारको मृत्यु

नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको छ। 

त्यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यति बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ। 

अन्तर्राष्ट्रिय सर्पदंश जागरूकता दिवसको उपलक्ष्यमा मङ्गलबार जारी एक वक्तव्यमा नाइजेरियाका स्वास्थ्य राज्यमन्त्री ओलोरुनिम्बे मामोराले एक हजार ७०० देखि दुई हजार मानिसहरूको सर्पदंशको उपचारको क्रममा एउटा खुट्टा वा हात काट्नु परेको उल्लेख छ।

सर्पदंशको उपचारमा प्रयोग हुने खोपको व्यवस्थापनको कार्य नाइजेरियाको ग्रामीण भेगमा निकै जटिल बनेको छ।  

विशेषतः कोबरा वा नाजा निग्रीकोलिस, पफ एडर वा बिटिस एरियटन्स र कार्पेट वाइपर वा इचिस ओसेलेटस नाइजेरियामा पाइने सर्पका मुख्य प्रजाति हुन् । यीमध्ये पनि कूल टोकाइको ९० प्रतिशत र कूल मृत्युको ६० प्रतिशत कार्पेट वाइपरको टोकाइबाट हुने गरेको अध्ययनले देखाएको छ।
  
सर्पदंशबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् । मुख्य गरी खेती लगाउने र स्यार्ने समयमा सर्पदंशका घटना बढ्ने गरेको पाइएको छ। 

अत्यधिक वर्षाले सर्पको बासस्थानमा प्रभावित पारेको र सर्पदंशविरुद्धको खोपको अभावले हालैका दिनमा यसबाट हुने मृत्युदर बढेको नाइजेरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसैबीच नाइजेरियामा हैजाका कारण वर्षेनी दुई हजार ४ सय जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। एजेन्सी 
 

असोज ६, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .