अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका नयाँ शीतयुद्ध सुरु गर्ने पक्षमा नरहेको बताएका छन्। यद्यपि उनले चीनको नाम नलिई प्रतिस्पर्धा भने गर्ने बताए।
‘अमेरिकाले प्रतिस्पर्धा गर्नेछ। जोडदार रुपमा प्रतिस्पर्धा गर्नेछ। र, हाम्रा मूल्यमान्यता र शक्तिका आधारमा नेतृत्व गर्नेछ,’ संयुक्त राष्ट्रसंघको महासभालाई पहिलो पटक सम्बोधन गर्दै बाइडेनले भने।
ट्रम्प प्रशासनको कार्यकालमा अमेरिका पछि हटेको, अविश्वासिलो शक्ति बनेको र सहयोगी मुलुकलाई धोका दिएको आरोप लागिरहँदा बाइडेनले सहयोगी तथा मित्र मुलुकको पक्षमा अमेरिका सँधै उभिने बाचा पनि गरे। कुनै शक्तिशाली मुलुकले कमजोर मुलुकलाई हेप्ने प्रयासको विरोध गर्ने पनि उनको बताए।
‘हामी नयाँ शीतयुद्ध चाहँदैनौँ। विश्व दुई धारमा विभाजित होस् भन्ने चाहँदैनौँ,’ उनले भने।
उनले गत २० वर्षमा अमेरिका युद्धमा नभएको बेला आफू पहिलो पटक राष्ट्रसंघमा उभिएको बताए।
‘२० वर्षमा पहिलो पटक अमेरिका युद्धमा सहभागी नभएका बेला म यहाँ उभिएको छु। हामीले नयाँ युग सुरु गरेका छौँ,’ उनले भने।
Shares
प्रतिक्रिया