ad ad

ग्लोबल


भारतमा २ सय अर्ब रुपैयाँको तीन टन हेरोइन बरामद

भारतमा २ सय अर्ब रुपैयाँको तीन टन हेरोइन बरामद

नेपालखबर
असोज ५, २०७८ मंगलबार १९:६, काठमाडौँ

गुजरातको एउटा बन्दरगाहबाट करिब तीन टन हेरोइन बरामद गरेको भारतीय अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानबाट आएको भनिएको सो लागूऔषधको मूल्य करिब २ सय अर्ब भारतीय रुपैयाँ बताइएको छ।

भारतको तस्करीविरुद्ध परिचालित एजेन्सी डीआरआईले गुजरातको मुन्द्रा बन्दरगाहमा सेप्टेम्बर १५ दिन सो हेरोइन पक्राउ गरेको हो।

यससँग सम्बन्धित दुई जनालाई गिरफ्तार गरिएको र अनुसन्धान जारी रहेको बताइएको छ।

अफगानिस्तानबाट टाल्क स्टोन भएको कन्टेनरमा राखेर सो लागूऔषध इरान हुँदै गुजरात आइपुगेको बताइएको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .