पूर्वगुप्तचर अलेक्जेन्डर लित्भिनेन्कोको हत्यामा रुस जिम्मेवार रहेको फैसला युरोपियन कोर्ट अफ ह्युमन राइट्सले गरेको छ।
रुसका पूर्वजासुस लित्भिनेन्को बेलायती नागरिक बनेका थिए। २००६ मा लन्डनमा पोलोनियम नामक विष दिएर उनको हत्या भएको थियो।
२०१६ मा बेलायतमा भएको एउटा छानबिनले सो हत्या सम्भवतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै निर्देशनमा भएको आरोप लगाएको थियो।
तर, रुसले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
लित्भिनेन्कोकी पत्नी मरिनाले रुसविरुद्ध सो अदालतमा मुद्दा हालेकी थिइन्। अदालतले बेलायती छानबिनकै निष्कर्षलाई समर्थन गरेको हो। बीबीसी
6
Shares
प्रतिक्रिया