ad ad

ग्लोबल


क्यानडा चुनावः ट्रुडोको पार्टी तेस्रो पटक सत्तामा, बहुमत भने ल्याउन सकेन

क्यानडा चुनावः ट्रुडोको पार्टी तेस्रो पटक सत्तामा, बहुमत भने ल्याउन सकेन

नेपालखबर
असोज ५, २०७८ मंगलबार १५:९, काठमाडौँ

क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले मध्यावधि चुनावमा जित हासिल गरेको छ। यद्यपि सो पार्टीले बहुमत भने ल्याउन सकेन।

ट्रुडोले संघीय चुनावमा जित हात पारेको यो तेस्रो पटक हो। तर, आलोचकहरुले यसलाई समयको बर्बादी भन्दै आएका छन्।

बहुमतका लागि १७० सिट आवश्यक पर्छ। तर, लिबरल पार्टीले १५६ सिट जित्ने अपेक्षा गरिएको छ।

प्रमुख प्रतिपक्षी कन्जरभेटिव पार्टीले १२२ सिट जित्ने अनुमान छ।

‘अझै मत गणना भइरहेको छ। तर, क्यानडेली नागरिकले प्रगतिशील योजनालाई रोजेको हामीले देख्यौँ,’ मंगलबार बिहान ट्रुडोले भने।

महामारीको चौथो लहरको बीचमा भएको यो चुनाव क्यानडाको इतिहासकै महंगो चुनाव साबित भएको छ। यसमा ४७ करोड अमेरिकी डलर खर्च भएको बताइएको छ।

बहुमत प्राप्त गर्ने उदेश्यले ट्रुडोले मध्यावधि निर्वाचन गराएका थिए। तर, अहिलेको नतिजा पनि दुई वर्षअघिको निर्वाचनको नतिजासँग मिल्दोजुल्दो देखिन्छ। 

विपक्षी दलका नेता एरिन ओटुलले यसलाई समय र पैसाको बर्बादी भनेका छन्। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .