ad ad

ग्लोबल


अफगानिस्तान सहायता मिसनको म्याद छ महिना थपिने

अफगानिस्तान सहायता मिसनको म्याद छ महिना थपिने

नेपालखबर
असोज ४, २०७८ सोमबार ५:४३, काठमाडौँ

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन (अन्मिया)को म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।

गत महिना तालिबानीले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरता सिर्जना भएको भन्दै १५ सदस्यीय राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तान सहायता मिसन (अन्मिया)को म्याद थप गर्ने निर्णय गरेको हो।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म (अन्मिया) मिसनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताए।

अफगानिस्तान सहायता मिसनलाई  हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरूको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उनले जानकारी दिए।

(अन्मिया) मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसङ्ख्यकसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसङ्घले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .