ad ad

ग्लोबल


काबुलमा ड्रोन आक्रमण गर्दा १० जना निर्दोस नागरिक मारिएपछि अमेरिकी सेनाले माग्यो माफी

काबुलमा ड्रोन आक्रमण गर्दा १० जना निर्दोस नागरिक मारिएपछि अमेरिकी सेनाले माग्यो माफी

नेपालखबर
असोज २, २०७८ शनिबार ८:३, काठमाडौँ

अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकी सेनाले माफी मागेको छ।

तालिबानले सत्ता कब्जा गरेपछि २६ अगस्टमा काबुल एयरपोर्टमा आईएसआईएसले आत्मघाती हमला गर्दा १३ अमेरिकीसहित २ सयभन्दा धेरैको मृत्यु भएको थियो।

सोही घटनामा संलग्नलाई लक्षित गरेर अमेरिकाले ड्रोन हमला गरेको थियो। उक्त हमलामा तालिबानी लडाकु मात्रै मारिएको यसअघिको आफ्नै दाबी खण्डन गर्दै अमेरिकाले घटनामा १० जना निर्दोष नागरिक पनि मारिएको स्वीकार गरेको हो।

शुक्रबार अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको जनाएको छ।  

घटनामा निर्दोस मानिस मारिएकोमा अमेरिकाले माफी पनि मागेको छ। ‘निर्दोष मानिस मार्नु हाम्रो उद्देश्य थिएन। विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण पनि परे। यो दुःखद पक्ष हो,’ अमेरिकी सेनाले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .