ad ad

ग्लोबल


अफगानिस्तानको सुरक्षाका लागि नयाँ सेना तयार पार्दै तालिबान

अफगानिस्तानको सुरक्षाका लागि नयाँ सेना तयार पार्दै तालिबान

फाइल तस्बिर : २० वर्षको युद्ध अन्त्य गर्दै अमेरिकी सेना बिदा भएको दिन काबुल विमानस्थलमै आफ्ना लडाकुलाई बधाई दिँदै तालिबान नेता।


नेपालखबर
असोज १, २०७८ शुक्रबार ९:४, काठमाडौँ

अफगानिस्तानको सत्ता कब्जा गरेको एक महिनापछि तालिबान संगठनले देशमा नयाँ सेना तयार गर्ने घोषणा गरेको छ। यो चाँडै पूरा हुने उसले बताएको छ। 

कार्यवाहक सरकारका चिफ अफ स्टाफ कारी फसिउद्दिनका अनुसार नयाँ सेनामा पूर्व अफगान सरकारका सेनालाई पनि सामेल गरिनेछ। 

उनले भनेका छन्, ‘अफगानिस्तानलाई बाहिर वा भित्रबाट आउने खतरालाई हामीले तयार पार्ने सेनाले सामना गर्नेछ।’

अफगान सञ्चारमाध्यम टोलो न्युजका अनुसार तालिबानले आफ्नो फौज बनाउन सुरु गरिसकेको छ। 

टोलो न्युजसँगको अन्तर्वार्तामा कारीले भनेका छन्, ‘हामी देशलाई अत्यन्त माया गर्छौं। अन्य देशमा जस्तै हामीसँग पनि नियमित सैनिक आवश्यक पर्छ र यो चाँडै व्यवस्था गर्छाैं।’ 

गत अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तालिबानले यही सेप्टेम्बर ७ मा आफ्नो अन्तरिम सरकार पनि घोषणा गरिसकेको छ। 

सम्झौताबमोजिम अमेरिकाले समयसीमा गत अगस्ट ३१ को अघिल्लो दिन नै अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लगिसकेको छ भने उसको नेतृत्वको गठबन्धनमा रहेका अन्य सेना पनि आआफ्ना देश फर्किसकेका छन्। 

यी पनि :

सम्पन्न देशका सेनासँग २० वर्षसम्म युद्ध गर्न तालिबानले कहाँबाट पायो पैसा? यी हुन् चार प्रमुख आयस्रोत

तालिबानका यी दुई शीर्ष नेता ‘बेपत्ता’, यस्ता आशंका!

तालिबानसँग सहमति भइसकेको थियो, राष्ट्रपति गनी भागेर बर्बाद भयोः खलिलजाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .