ad ad

ग्लोबल


‘संयुक्त राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु कल्पना मात्र’

‘संयुक्त राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु कल्पना मात्र’

नेपालखबर
असोज १, २०७८ शुक्रबार ५:२९, काठमाडौँ

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु ‘एउटा कल्पना’ मात्र भएको बताएका छन्। 

बुधवार उनले तालिबान  सरकारलाई  समावेशी बनाउनका लागि मध्यस्थता गर्ने क्षमता राष्ट्र संघसँग सीमित मात्र रहेको बताएका हुन्। 

तालिबानबाट विदेशी सेना स्वदेश फिर्ता भएको एक महिनापछि समाचार एजेन्सी रोयटर्सलाई अन्तर्वार्ता दिने क्रममा गुटरेससँग अफगानिस्तानको दुर्दशा सुधार्न दबाब महसुस गरिरहनुभएको छ भने सोधिएको थियो। 

जवाफमा उनले भने, ‘मलाई लाग्छ, यो आधारहीन अपेक्षा हो र संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय अहिले पनि त्यहाँको भूमिमा कार्यरत छ।’ 

अमेरिकासहित अन्य विभिन्न देशले गरेका प्रयास र खर्चको उदाहरण दिँदै गुटरेसले अगाडि भने, ‘सबै स्रोत–साधान खर्चेर पनि उनीहरू अफगानिस्तानको समस्या समाधान गर्न असफल भए। अब सोच्नुस्, उनीहरूले समस्या समाधान गर्न सकेनन् भने त्यस्तो शक्ति र धनबिना हामीले सक्छौं त, यो केवल कल्पना हो।’

तर अफगानिस्तानमा मानवीय मद्दतका लागि राष्ट्र संघले सक्दो प्रयास भने गर्ने गुटरेसले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .