ad ad

ग्लोबल


रूस अफगानिस्तानको सीमा क्षेत्रमा सुरक्षा गतिविधि बढाउँदै

रूस अफगानिस्तानको सीमा क्षेत्रमा सुरक्षा गतिविधि बढाउँदै

नेपालखबर
असोज १, २०७८ शुक्रबार ५:२४, काठमाडौँ

रूसको नेतृत्वमा रहेको एक सुरक्षा समूहले अर्को महिनादेखि अफगानिस्तानको सीमा क्षेत्रमा ठूलो सैन्य अभ्यास गर्ने योजना बनाएको छ। 

रूस अफगानिस्तानमा तालिबानको कब्जा र अमेरिकाको आकस्मिक फिर्तीपछि आफ्नो राजनीतिक स्थान पक्का गर्न चाहन्छ। मस्को नेतृत्वको सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ)  का महासचिव स्टेनिस्लाव जासका अनुसार यस समूहले पूर्वसोभियत राज्यमा धेरै ठूलो मात्रामा अभ्यास गर्ने छ ।

ताजिकिस्तान रुसको नेतृत्वमा रहेको–सदस्यीय समूहमध्ये अफगानिस्तानसँग सीमा जोडिएको एक मात्र देश हो । जासका अनुसार यस किसिमको सुरक्षा शृङ्खला अभ्यास यो वर्ष सबैभन्दा ठूलो हुनेछ । रुसी समूहले अफगानिस्तानमा उत्तेजनाको स्थिति पैदा हुनसक्ने आँकलन गर्दै ताजिकिस्तानको सुरक्षा सुनिश्चित गर्न ‘सामूहिक उपाय’ अवलम्बन गरेको छ। 

सीएसटीओले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानको सुरक्षा बिग्रेकाले चिन्तित हुनुपरेको जनाएको छ।

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले तालिबानका कट्टरपन्थी समूहहरूलाई अफगानिस्तानका छिमेकीहरूमाथि हमला नगर्न आग्रह गर्दै तालिबानको त्यस किसिमको प्रतिबद्धताहरू लागू भए नभएको बारे अनुगमन गरिरहेको छ। 

रुस र चीनसँग सम्बद्ध देशहरू यस हप्ता ताजिकिस्तानमा अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाको बारेमा केन्द्रित भएर निरन्तर छलफलमा जुटेका छन्।

तालिबानले काबुलमा केन्द्रित भएर हमला बढाएपछि रूसले पछिल्ला महिनाहरूमा मध्य एसियामा सैन्य अभ्यास बढाएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .