ad ad

ग्लोबल


चीनले भन्यो : अमेरिकी र उसका सहयोगी सेनाले अफगानिस्तानमा गरेका अपराधको छानबिन हुनुपर्छ

चीनले भन्यो : अमेरिकी र उसका सहयोगी सेनाले अफगानिस्तानमा गरेका अपराधको छानबिन हुनुपर्छ

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २०:५७, काठमाडौँ

चीनले संयुक्त राष्ट्र संघमा ‘अफगानिस्तानमा अमेरिका र यसका सहयोगी देशका सैनिकले गरेका अपराधको छानबिन हुनुपर्ने आवाज उठाएको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान जाओले संयुक्त राष्ट्र संघका लागि चिनियाँ मिसन मन्त्री जियाङ डुआनको वक्तव्यको अंश ट्विट गरेका छन्।

जसमा लेखिएको छ, ‘अफगानिस्तानमा अमेरिकी सेना र उसका सहयोगीले गरेका अपराधको पूर्ण रूपमा र निष्पक्ष अनुसन्धान गरिनुपर्छ।’

ट्विटमा दिइएको जानकारीअनुसार ज्याङले धेरै देशको साझा वक्तव्य पढ्दै संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा उक्त कुरा उठाएका हुन्। 

ट्विटमा विदेश मन्त्रालयका प्रवक्ताले लेखेका छन्, ‘विश्वले मूल्य नतिराई  छुट्कारा दिँदैन, अफगानिस्तानका नागरिक स्पष्ट जवाफको हकदार छन्।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .