ग्लोबल


उत्तर कोरियाद्वारा रेलबाट क्षेप्यास्त्र प्रक्षेपण, लगत्तै पण्डुब्बीबाट दक्षिणको परीक्षण

उत्तर कोरियाद्वारा रेलबाट क्षेप्यास्त्र प्रक्षेपण, लगत्तै पण्डुब्बीबाट दक्षिणको परीक्षण

उत्तर कोरियाले रेलबाट पनि प्रहार गर्न मिल्ने ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरिएको जनाएको छ। 

बुधबार पहिलो पटक यस्तो परीक्षण गरिएको उत्तर कोरियाले बताएको हो। 

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएअनुसार रेलमार्फत सो क्षेप्यास्त्र प्रणाली मुलुकको मध्य भागमा पर्ने पहाडी क्षेत्रमा पु¥याइएको थियो। त्यहाँबाट प्रक्षेपण गरेको क्षेप्यास्त्रले ८ सय किलोमिटर टाढा सही निसानामा प्रहार गरेको बताइएको छ।

सरकारी सञ्चारमाध्यमले देखाएको भिडिओमा दुई फरक क्षेप्यास्त्र रेलबाट प्रक्षेपण भएको देखिन्छ।

उत्तर कोरियाले पछिल्लो पटक पन्डुब्बीसहित अलगअलग स्थानबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली विकास गरिरहेको छ।

सो परीक्षणबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले बताएको छ। 

उत्तरले गरेको परीक्षणलगत्तै दक्षिण कोरियाले पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। 

पन्डुब्बीबाट प्रहार गरिएको यो दक्षिण कोरियाको पहिलो क्षेप्यास्त्र हो। 

यद्यपि दक्षिण कोरियाले उत्तर कोरियाली परीक्षणको प्रतिक्रियास्वरुप नभई पूर्वतयारीबमोजिम क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ। एजेन्सी 
 

भदौ ३१, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .