फ्रान्सले ग्रेटर सहारामा इस्लामिक स्टेट समूहका एक ठूला जिहादी नेता मारेको दाबी गरेको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अदनान अबु वालिद अल–सहरावीको मृत्युलाई अफ्रिकाको साहेल क्षेत्रमा आतंकवादविरुद्धको लडाइँमा ठूलो सफलता भनेका छन्।
फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले यो कारबाही अतिवादीविरुद्धको एक निर्णायक प्रहार भएको बताएका छन्।
तर फ्रान्सले अल–सहरावी कहिले कहाँ कसरी मारियो भन्ने विषयमा केही बताएको छैन।
बीबीसीका अनुसार अल–सहरावीको समूहले सर्वसाधारणविरुद्ध व्यापक हमला गरिरहेको छ।
यो समूहले फ्रान्सेली सहायताकर्मी र अमेरिकी विशेष बलका सैनिकलाई पनि आक्रमण गरिरहेको छ।
3
Shares
प्रतिक्रिया