ad ad

ग्लोबल


तालिबानले घर खाली गर्न उर्दी गरेपछि कान्दहारका हजारौँ स्थानीयद्वारा विरोध

तालिबानले घर खाली गर्न उर्दी गरेपछि कान्दहारका हजारौँ स्थानीयद्वारा विरोध

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार ५:१०, काठमाडौँ

अफगानिस्तानको कान्दाहारका हजारौँ मानिसले तालिबानको विरोधमा प्रदर्शन गरेका छन्। तालिबानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको छ। जसको विरोधमा प्रदर्शन भएको द खामा न्युज प्रेस एजेन्सीले जनाएको छ। 

‘हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं । तालिबानले हामीलाई यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,’ एक प्रदर्शनकारीले भने, ‘हामी यी घर खाली गर्दैनौँ।’

अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै सरकारी सेनाविरुद्ध आक्रामक र तीव्र गतिमा अघि बढेपछि तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो।

काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति आसरफ गनीको निर्वाचित सरकार ढलेपछि गत महिना देश सङ्कटमा प¥यो। तालिबानको कब्जापछि अफगानिस्तानमा बर्बरताका हालैका दृश्यहरूले युद्धग्रस्त देशमा मानव अधिकारको भयावह अवस्था रहेको देखिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .