ad ad

ग्लोबल


टाइमको प्रभावशाली व्यक्तिमा तालिबान नेता मुल्ला गनी बरादर, कसरी बने शक्तिशाली?

सूचीमा ममता बनर्जीदेखि अदार पुनवाला पनि
टाइमको प्रभावशाली व्यक्तिमा तालिबान नेता मुल्ला गनी बरादर, कसरी बने शक्तिशाली?

नेपालखबर
भदौ ३०, २०७८ बुधबार २२:३३, काठमाडौँ

बुधवार सार्वजनिक गरिएको सन् २०२१ का १०० प्रभावशाली व्यक्तिको सूचीमा धेरैजसो पुराना अनुहार दोहरिएका छन्। 

यो सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति शी जिनपिङ, राजकुमार ह्यारी र मेघन पनि सामेल छन्। 

यसका अलावा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटको नाम पनि यो सूचीमा परेको छ। इरानका राष्ट्रपति इब्राहिम रइसी र टेस्लाका सीईओ एलन मस्कको पनि नाम अटेको छ।

टाइमको यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोरोनाविरुद्धको कोभिशिल्ड खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पुनवालाको नाम पनि समेटिएको छ। 

सन् २०२१ का सबैभन्दा प्रभावशाली नेताको सूचीमा चकित पार्ने नामका रुपमा तालिबानका सह-संस्थापक मुल्ला अब्दुल गनी बरादर रहेका छन्। अफगानिस्तानको वर्तमान तालिबान सरकारमा बरादरलाई उपप्रधानमन्त्री पद दिइएको छ।

को हुन् मुल्ला अब्दुल गनी बरादर

तीन वर्षअघि जेलबाट रिहा भएपछि तालिबान नेता अब्दुल गनी बरादर अफगानिस्तानमा २० वर्षदेखि चलिरहेको युद्धका निर्विवाद विजेता बन्दै उदाए। 

यो त्यही अनुहार हो जसले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङसहित विश्वका कयौँ शक्तिशाली नेतासँग तालिबानको तर्फबाट वार्ता गरेको छ। 

अफगानिस्तानको उरूजगान प्रान्तस्थित डेह राहवुदको वितमाक गाउँमा सन् १९६८ मा अब्दुल गनी बरादरको जन्म भएको थियो।

यसै इलाकाको एक कबिला हो पोपालजई र इस कबिलाको एक उपशाखा सदोजई कबिलासँग जोडिएका अब्दुल गनी बरादर दुर्रानी पश्तुन हुन्। मोहम्मद उमरसँग उनको मित्रता किशोरावस्थामै भएको थियो।

बरादरका जुवाइँ थिए मुल्ला उमर

अब्दुल गनी बरादरको जवानी अफगानिस्तानको निरन्तर र निर्मम संघर्ष कथासँग जोडिएको छ। सन् १९६८ मा उरुजगान प्रान्तमा जन्मिएका बरादर शुरूदेखि नै धार्मिक रूपमा धेरै कट्टर थिए। 

बरादरले सन् १९८० को दशकमा सोभियत संघविरुद्ध अफगान मुजाहिदिनले लडाइँ लडे। सन् १९९२ मा रूसीलाई लखेटेपछि अफगानिस्तान प्रतिद्वन्द्वी सरदारबीचको गृहयुद्धमा घेरियो।

त्यसपछि बरादरले आफ्ना पूर्व कमाण्डर तथा जुवाईँ मुल्ला उमरसँग मिलेर कन्दाहारमा एक मदरसा स्थापना गरे। 

तालिबान स्थापना

त्यसपछि मुल्ला उमर र मुल्ला बरादरले एकसाथ मिलेर तालिबानको स्थापना गरेका थिए।

तालिबान सुरुवातमा देशको धार्मिक शुद्धीकरण र एक इस्लामिक राज्य निर्माणका लागि समर्पित युवा इस्लामी विद्वानको नेतृत्वमा भएको आन्दोलन थियो। 

शुरुवात त सबै शान्तिपूर्ण चलेको थियो। तर पछि यो समूहले हतियार उठाएर पाकिस्तानसहित छिमेकीको सहयोगमा हिंस्रक आन्दोलनमा परिणत गर्यो।

सन् १९९६ आइनपुग्दै तालिबानले पूरै अफगानिस्तानमा कब्जा जमाएर इस्लामिक राज्यको स्थापना गरिदियो। 

तालिबानका रणनीतिकार 

मुल्ला उमरपछि तालिबानका दोस्रो नेता अब्दुल गनी बरादर त्यसबेला पनि जितको हिरो मानिएको थियो। 

समाचार अनुसार तालिबानका सबैजसो रणनीतिक योजना बरादरले नै बनाउने गरेका छन्। बरादरले पाँच वर्ष लामो तालिबान शासनमा सैन्य र प्रशासनिक भूमिका निभाए। 

सन् २००१ मा जब अमेरिकाले अफगानिस्तानमा हमला गर्यो, त्यसबेला उनी देशका उपरक्षा मन्त्री थिए।

तालिबान २० वर्षसम्म सत्ताबाहिर रहेर निर्वासनका क्रममा बरादरलाई एक शक्तिशाली सैन्य नेता र एक सुक्ष्म राजनीतिक सञ्चालक भएको प्रतिष्ठा मिलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .