ग्लोबल


रुसका राष्ट्रपति पुटिनले फोन गरे, पाकिस्तानका प्रधानमन्त्री इमरानले अफगानिस्तानको कुरा उठाए

रुसका राष्ट्रपति पुटिनले फोन गरे, पाकिस्तानका प्रधानमन्त्री इमरानले अफगानिस्तानको कुरा उठाए

फाइल तस्बिर : भ्लादिमिर पुटिन र इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार भएको फोन संवादमा अफगानिस्तानको कुरा उठाएका छन्। 

पाकिस्तानको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार फोन पुटिनले गरेका हुन्। 

फोन कुराकानीमा पाकिस्तानका प्रधानमन्त्री खानले क्षेत्रीय सुरक्षा र समृद्धिका लागि अफगानिस्तानमा शान्ति र स्थिरता स्थापना महत्त्वपूर्ण भएको र त्यहाँ तत्काल मानवीय सहायता दिनु आवश्यक भएको बताए। 

साथै उनले अफगानिस्तानको आर्थिक संकट समाधानका लागि तुरुन्त कदम चाल्नुपर्ने कुरामा पनि जोड दिए। 

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– त्यस कुराकानीमा हाम्रा प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानबाट टाढा नहुन पनि अपिल गरेका छन्। 

उनले भने, ‘यस महत्त्वपूणै मोडमा अफगानिस्तानलाई एक्लै छाड्न हुँदैन।’

भदौ ३०, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .