ad ad

ग्लोबल


तालिबानी विदेशमन्त्री र पाकिस्तानी राजदूतबीच भेटवार्ता

तालिबानी विदेशमन्त्री र पाकिस्तानी राजदूतबीच भेटवार्ता

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १८:५, काठमाडौँ

तालिबान सरकारका विदेशमन्त्री मौलवी अमिर खान मोत्तकीले अफगानिस्तानका लागि पाकिस्तानी राजदूतसँग भेटवार्ता गरेका छन्। 

मोत्तकीले ट्विटरमार्फत यसको जानकारी दिएका हुन्। 

तालिबान सरकारका विदेशमन्त्री मोत्तकीले ट्विटरमा लेखेका छन्, ‘आज दिउँसो पाकिस्तानका राजदूत मन्सुर अहमद खानसँग उनको कार्यालयमा भेटवार्ता भयो।  त्यस क्रममा स्पिन बोल्डक र चमनको सिमानामा दुवै देशका नागरिकको आवागमनबारे छलफल गरियो।’

मोत्तकीले पाकिस्तानी राजदूतले पाकिस्तानमा पुगेका शरणार्थीलाई मानवीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन्। 

तालिबानी विदेशमन्त्री मोत्तकीले आजै चीनका राजदूत वाङ युसँग पनि भेट गरेका थिए। 

खबरअनुसार चीनका राजदूतले पनि मानवीय सहायता र आर्थिक सहयोगको वचन मोत्तकीलाई दिएका छन्। 

गत अगस्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँ रहेका विभिन्न देशका राजदूतले अफगानिस्तान छाडेका छन्। पाकिस्तानलगायत केही देशका राजदूत भने अझै काबुलमै छन्।  

यी पनि :

बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’

बुर्काविरुद्ध अफगान युवतीको विद्रोह : हेर्नुहोस् यी सुन्दर ९ तस्बिरमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .