ad ad

ग्लोबल


नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण : २४० कैदी रिहा

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण : २४० कैदी रिहा

नेपालखबर
भदौ २९, २०७८ मंगलबार ५:१५, काठमाडौँ

नाइजेरियाको एक जेलमा सशस्त्र बन्दुकधारीले आक्रमण गरी कैदी बन्दीहरूलाई मुक्त गरेका छन्। 

केन्द्रीय कोगी राज्यको जेलमा बन्दुकधारीले आक्रमण गरेका हुन्। एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट भएको छैन।  मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ।

नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोगी राज्यको कब्बामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन्।’

आइतबारको हमलामा सशस्त्र बन्दुकधारीहरू संलग्न थिए। बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि  प्रारम्भिक थुनुवाइमा थिए।  

आक्रमणकारीहरूको  खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामन्य होइनन्। अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयम आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए।

द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्वमा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथक्तावादी आन्दोलनको सामना गरिरहेको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .