ad ad

ग्लोबल


पन्जसिर : जसलाई आफ्ना विरोधीलाई सिमकार्ड बेचेको आरोपमा तालिबानले मारे

पन्जसिर : जसलाई आफ्ना विरोधीलाई सिमकार्ड बेचेको आरोपमा तालिबानले मारे

नेपालखबर
भदौ २८, २०७८ सोमबार २३:२८, काठमाडौँ

अफगानिस्तानको पन्जसिर उपत्यकामा तालिबान र विरोधीबीच जारी युद्धमा कम्तीमा २० जना मारिएका छन्। 

पन्जसिरमा सञ्चारमाध्यम बन्द भएका कारण रिपोर्टिङ गर्न निकै कठिन छ। तर संयमता अपनाउने वाचा गरे पनि तालिबानले मान्छे मारेको प्रमाण आफूले प्राप्त गरेको बीबीसीले दाबी गरेको छ। 

पन्जसिरमा धूलोले ढाकेको सडक किनारको भिडिओ फुटेजमा बर्दी लगाएको व्यक्ति देखिइरहेको छ र उसलाई तालिबानका लडाकुले घेरिरहेका छन्। साथै गोली चलेको आवाज पनि सुनिन्छ र ऊ जमिनमा ढलेको देखिन्छ। 

तर मारिने मानिस सेनाको सदस्य हो वा होइन स्पष्ट हुँदैन। किनकि त्यस क्षेत्रमा सेनाको बर्दी सामान्य कुरा हो। भिडिओमा एक व्यक्ति जोडसँग कराउँछ– उनी सर्वसाधारण नागरिक हुन्। बीबीसी विश्वस्त छ कि पन्जसिरमा कम्तीमा २० जना मारिएका छन्। 

तीमध्ये एक जनाको नाम हो– अब्दुल सामी। पसल चलाउने उनी २ बच्चाका बाबु थिए। 

स्थानीयका अनुसार तालिबानका लडाकुसँग उनले भनेका थिए, ‘म एक गरिब पसल सञ्चालक हुँ र युद्धसँग मेरो कुनै सम्बन्ध छैन।’

तर उनलाई विरोधी लडाकुलाई सिमकार्ड बेचेको आरोपमा तालिबानका लडाकुले नियन्त्रणमा लिए। र, केही दिनपछि उनको शव घरनजिकै ल्याएर फ्याँकिदिए। प्रत्यक्षदर्शीका अनुसार उनको शवमा यातना दिइएका निसाना थिए। 

यी पनि–

अपदस्थ उपराष्ट्रपति सालेहको घरबाट ७७ करोड नगद र १८ वटा सुनको इँटा बरामद गरेको तालिबानको दाबी

तालिबानले काबुल कब्जा गरेको त्यो दिन: राष्ट्रपति असरफ गनी भाग्नुअघि के के भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .