ad ad

ग्लोबल


अपदस्थ उपराष्ट्रपति सालेहको घरबाट ७७ करोड नगद र १८ वटा सुनको इँटा बरामद गरेको तालिबानको दाबी

अपदस्थ उपराष्ट्रपति सालेहको घरबाट ७७ करोड नगद र १८ वटा सुनको इँटा बरामद गरेको तालिबानको दाबी

नेपालखबर
भदौ २८, २०७८ सोमबार १८:५७, काठमाडौँ

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका विस्थापित  उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट ६५ लाख डलर (नेपाली रुपैयाँ झन्डै ७७ करोडभन्दा बढी) रकम र १८ वटा सुनको इँटा बरामद गरेको दाबी गरेको छ। 

तालिबानको दाबी छ– पन्जसिर कब्जापछि तालिबानी लडाकुले सालेहको लुक्ने स्थान कब्जा गरेका छन्।

तालिबानका लडाकुले एक भिडिओ जारी गर्दै यो कुराको पुष्टि गरेका छन्। उक्त भिडिओ तालिबानको अकाउन्टमा भाइरल भइरहेको छ। 

भिडिओमा देखिन्छ– चार/पाँच जना तालिबानी लडाकु एउटा घरमा पसेका छन्। घरको खानतलासी गरिरहेका छन्। झोलाहरू छरिएका छन्। केही झोला डलरको गड्डी र सुनका इँटाले भरिएका छन्।  

यसअघि तालिबानी लडाकु अमरुल्लाह सालेहको घर पुगेका थिए। सालेहको पुस्तकालयमा बसेर उनीहरूले तस्बिर पनि सार्वजनिक गरे।

सालेह ताजिकिस्तान भागेको खबर
गत अगस्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ गनी देश छाडेर भागे भने उपराष्ट्रपति सालेहले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरे।

सालेह एक मात्र त्यस्ता नेता हुन्, जसले अहिलेसम्म तालिबानविरुद्ध विद्रोह गरिरहेका छन्। उनले पन्जसिरमा तालिबानविरोधी संगठन नोर्दन अलायन्सका प्रमुख अहमद मसुदसँग हात मिलाए र तालिबानविरुद्धको युद्धमा सामेल भए।

तर त्यहाँ पनि तालिबानले हमला गरेपछि भने उनीहरू दुवै ताजिकिस्तान भागेका छन्। तालिबानले हालै सालेहका दाइ एवं पन्जसिरका कमान्डर रोहुल्लाह सालेहको हत्या गरेका थिए। एजेन्सी

यो पनि–

अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिका दाइलाई तालिबानले पिटे, घाँटी रेटे अनि गोली बर्साए!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .