ad ad

ग्लोबल


तालिबानको कब्जायता पहिलोपटक काबुल पुग्यो व्यावसायिक उडान

तालिबानको कब्जायता पहिलोपटक काबुल पुग्यो व्यावसायिक उडान

नेपालखबर
भदौ २८, २०७८ सोमबार १३:२८, काठमाडौँ

अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेयता पहिलोपटक व्यावसायिक अन्तर्राष्ट्रिय उडान त्यहाँको राजधानी काबुलस्थित विमानस्थलमा पुगेको छ। 

समाचार एजेन्सी एएफपीले दिएको जानकारीअनुसार उक्त उडान (विमान) पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको थियो। त्यो केही यात्रु लिएर काबुलमा अवतरण गरेको हो। 

एएफपीका पत्रकारका अनुसार, उक्त इस उड़ानमा लगभग १० जना थिए। अलजजिराले पनि यसको पुष्टि गरेको छ। 

अफगानिस्तानका लागि विशेष दूत कहतानीले अलजजिरासँग भनेका छन्, ‘आजको फ्लाइट उद्धारका लागि होइन, यात्रुलाई बिनाअवरोध आवतजावतका लागि हो।’ 

यो पनि : तालिबानले काबुल कब्जा गरेको त्यो दिन: राष्ट्रपति असरफ गनी भाग्नुअघि के के भए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .