ad ad

ग्लोबल


अफगानिस्तान : कस्तो छ पन्जसिरको जनजीवन?

अफगानिस्तान : कस्तो छ पन्जसिरको जनजीवन?

अफगानिस्तानको पन्जसिर प्रान्त


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १९:२८, काठमाडौँ

अफगानिस्तानको पन्जसिर प्रान्तका बासिन्दाले पन्जसिरतर्फ जाने सडक खुला नगर्ने हो भने आफूहरू भोकभोकै मर्ने स्थितिमा रहेको गुनासो गरेका छन्। 

अफगानिस्तानको समाचार च्यानल टोलो न्युजका अनुसार पन्जसिरबाट भागेर राजधानी काबुल आएका केही परिवारले भनेका छन्, ‘प्रान्त (पन्जसिर) मा दूरसञ्चार, विद्युत् र सडक अवरुद्ध छन्।’

पन्जसिरमा तालिबानसँग लड्दा मारिएका एक युवकको परिवारका अनुसार त्यहाँ (पन्जसिर) मा मानव अधिकारको अवस्था अत्यन्त नाजुक छ। 

प्रभावित परिवारका सदस्य शाइस्ता मेहरबान भन्छन्, ‘युद्ध यति चरम बिन्दुमा पुगेको छ कि स्थानीय बासिन्दा पहाडमा गएर बस्न बाध्य छन्।’

पूर्व जिहादी नेता अब्दुल रसुल सयाफले पन्जसिर प्रान्तका नागरिकको ज्यान र सम्पत्ति सुरक्षाको माग गरेका छन्। 

सयाफ भन्छन्, ‘पन्जसिरको लडाइँ तुरुन्त रोक्न आवश्यक छ।’

अर्कातर्फ तालिबानले भने पन्जसिरको युद्धमा कुनै नागरिकलाई क्षति नपुर्याइएको दाबी गरेको छ। 

तालिबानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह समंगानीले पन्जसिरको अवस्था सामान्य रहेको दाबी गरेका छन्। 

उनी भन्छन्, ‘पन्जसिरको अवस्था सामान्य छ। यो क्षेत्र अब मुजाहिदिनको नियन्त्रणमा छ र धेरै मानिस मारिएको र निसानामा रहेको भन्ने खबर अफवाह हुन्।’

केही दिनअघि तालिबानले एक मात्र बाँकी पन्जसिर प्रान्त पनि आफूहरूले कब्जा गरिसकेको दाबी गरेका थिए भने त्यहाँको विद्रोही पक्षले दाबी झुटो भएको र लडाइँ जारी रहेको बताएको थियो। 

–​पन्जसिरका स्थानीय भन्छन्ः तालिबानको कब्जा दाबी झुटो, मरेको भनिएका कमान्डर जीवितै

–​सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .