ad ad

ग्लोबल


१३० जनाको ज्यान जानेगरी भएको आक्रमणको मुद्दामाथि पेरिसमा सुनुवाइ सुरु

१३० जनाको ज्यान जानेगरी भएको आक्रमणको मुद्दामाथि पेरिसमा सुनुवाइ सुरु

नेपालखबर
भदौ २४, २०७८ बिहिबार ८:४८, काठमाडौँ


फ्रान्सको राजधानी पेरिसमा ६ वर्ष अघि एक सय ३० जनाको ज्यान जानेगरी भएको आक्रमणको मुद्दामाथि आजदेखि सुनुवाइ सुरु भएको छ।

यो सुनुवाइ आगामी एक सय ४० दिनसम्म चल्ने बीबीसीले जनाएको छ। सुनुवाइका क्रममा तीन सय ३० जना वकिल र घटनामा बाँच्न सफल एक हजार आठ सय व्यक्ति तथा पीडितका आफन्त सहभागी हुँदैछन्।

सन् २०१५ को नोभेम्बरमा इस्लामिक स्टेट (आईएस) ले पेरिसको बाटाक्लाँ कन्सर्ट हल, एउटा रङ्गशाला, रेष्टुराँ तथा बारहरूमा आक्रमण गर्दा एक सय ३० जनाको ज्यान गएको थियो। 

घटनाको बेलाका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलान्दसहित झण्डै तीन सयजना प्रत्यक्षदर्शीको बयान लिइने छ। सुनुवाइ शुरू हुनुअघि फ्रान्सका पूर्वराष्ट्रपति ओलान्दले आक्रमणका पीडितहरूका लागि यो महत्वपूर्ण क्षण भएको बताएका छन्। 

आईएसले गरेको उक्त आक्रमणलाई फ्रान्समा द्वितीय विश्वयुद्धयताकै सबैभन्दा नराम्रो घटनाको रुपमा लिइन्छ। यो मुद्दाको सुनुवाइलाई आधुनिक फ्रान्सेली इतिहासकै सबैभन्दा ठूलो मानिएको छ। 

घटनामा बाँचेका एक मात्र आक्रमणकारी सलाह अब्देलसलाम अरु १३ जना प्रतिवादीसहित मुद्दाको सुनुवाइका लागि बनाइएको विशेष अदालत कक्षमा उपस्थित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .