इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ।
आगलागीमा परी अन्य ८० जना घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। घाइते सबैलाई अस्पताल लगिएको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन्।
स्थानीय समयअनुसार बिहीबार बिहान २ः२० बजे आगलागी सुरु भएको थियो। बिहान ३ः३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए।
इन्डोनेसियाको कानुन र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले ४० कैदी राख्नका लागी डिजाइन गरिएको भवनमा १२२ जना बसेको बताइन्। प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरूमध्ये धेरै लागुऔषधमा संलग्न थिए।
18
Shares
प्रतिक्रिया