ad ad

ग्लोबल


‘अफगानिस्तानमा छुटेका अमेरिकीलाई तालिबानले खोजीखोजी मारिरहेका छन्!’

‘अफगानिस्तानमा छुटेका अमेरिकीलाई तालिबानले खोजीखोजी मारिरहेका छन्!’

नेपालखबर
भदौ २०, २०७८ आइतबार १८:२५, काठमाडौँ

अमेरिकी सेनाले अफगानिस्तान छाडिसकेका भए पनि एक सयदेखि २ सय जनाजति पासपोर्टधारी अमेरिकी नागरिक त्यहीँ छुटेका छन्। जसलाई तालिबानका लडाकुले घरघर गएर खोजीखोजी मारिरहेका छन्। 

उद्धार अभियान अन्त्य भएपछि अफगानिस्तानमै छुटेकी एक अमेरिकी महिलाले मिडिया ग्रुप भ्वाइस अफ अमेरिकासँग उक्त कुरा बताएकी हुन्। 

२५ वर्षीया नसिरा अमेरिकाको क्लालिफोर्नियकी बासिन्दा हुन्। उनीसँग अमेरिकी पासपोर्ट छ। परिवारलाई भेट्न र विवाह गर्न उनी २०२० जुनमा अफगानिस्तान गएकी थिइन। अहिले उनी गर्भवती छिन्। 

नसिरालाई थाहा छैन– अब अगाडि के होला? कुनै बेला क्यालिफोर्निया फर्किन पाइएला वा जिन्दगीभर अफगानिस्तानमै बस्नुपर्ला? 

उनले भनिन्, ‘थाहा छैन, कहिलेसम्म बाँचिएला!’

यो पनि–

अमेरिकी जनरललाई प्रश्न : ‘अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किएपछि अमेरिका सुरक्षित छ?’

सरकार बनाउने बेला संकटमा तालिबान : पन्जसिरमा लफडा, काबुलमा झगडा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .