अफगानिस्तानमा तालिबानले आफ्नो सरकार बनाउने प्रक्रिया सुरु गरिसकेको छ, तर पन्जसिरमा जारी लडाइँ अझै थामिएको छैन।
समाचार एजेन्सी एएफीका अनुसार तालिबान सरकार घोषणा गर्नुअघि पन्जसिरको युद्ध अन्त्य गर्न चाहन्छ।
अफगानिस्तानका प्रान्तमध्ये पन्जसिर मात्र एउटा त्यस्तो प्रान्त हो, जसलाई तालिबानले अहिलेसम्म कब्जामा लिन सकेको छैन। राजधानी काबुलसमेत अफगानिस्तानमा अन्य सबै प्रान्त तालिबानले नियन्त्रणमा लिइसकेको भए पनि पन्जसिर आफ्नो पहुँचमा लिन निकै मुस्किल परिरहेको छ।
पहाडै पहाडले घेरिएको उपत्यका पन्जसिर त्यस्तो स्थान हो, जसलाई यसअघि सोभियत संघ र तालिबानकै पहिलो शासन (१९९६–२००१) का बेला पनि कसैले कब्जा गर्न सकेका थिएनन्।
231
Shares
प्रतिक्रिया