अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि खुंखार आतंककारी पनि घर फर्किन थालेका छन्।
अलकायदाका पूर्वनेता ओसामा बिन लादेनका अति निकट सहयोगी एवं हतियार आपूर्तिकर्ता अमिन उल हक २० वर्षपछि अफगानिस्तानको नांगरहार प्रान्तस्थित आफ्नो घर फर्किएका हुन्।
९/११ हमलापछि लादेन तोराबोराका गुफामा लुकेका थिए। त्यसबेला अमिन पनि उनकै साथमा थिए। पछि पाकिस्तान गए। २० वर्षपछि अहिले उनी घर फर्किएका हुन्। एक लक्जरी कारमा आएका हकलाई नांगरहारका स्थानीयले भव्य स्वागत गरेका थिए।
अमिन घर फर्किएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अमिन, लादेन तथा अलकायदाको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता मानिन्थ्यो। सन् २००८ मा उनी पाकिस्तानमा पक्राउ परे। लादेन मारिनुभन्दा लगभग ६ महिनापछि उनी रिहा भएका थिए। उनले २० वर्ष पाकिस्तानमै बिताएको मानिन्छ।
रिपोर्टअनुसार अमिनले अलकायदामा सामेल हुनुपहिले सन् १९८० को दसकमा सोभियत संघविरुद्ध पनि युद्ध गरेका थिए।
Shares
प्रतिक्रिया