ad ad

ग्लोबल


अफगानिस्तान द्वन्द्व : अमेरिकाद्वारा ८२ हजारको उद्धार

अफगानिस्तान द्वन्द्व : अमेरिकाद्वारा ८२ हजारको उद्धार

नेपालखबर
भदौ १०, २०७८ बिहिबार ५:३१, काठमाडौँ

अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो।

अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ। 

अफगानिस्तान छाड्न चाहेका मानिसहरूलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो।   

ह्वाइट हाउसका सह प्रवक्ता एन्डे«उ बाट्सले भने, ‘उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ । तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको हो।’

जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उनको भनाई छ।
    
तालिबान विद्रोहीहरूले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरूलाई बाहिरिन सहयोग गरिरहेको छ। 

अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरूलाई पनि बाहिरिन मद्दत गरेको हो। 

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरूलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरूले प्रदेशका राजधानीहरू कब्जा गर्न थालेका थिए । प्रदेश राजधानीहरू कब्जा गर्न थालेको एक हप्तापछि उनीहरूले केन्द्रीय राजधानी नै कब्जा गरेका हुन्। 

तालिबानहरु राजधानी कब्जाका लागि काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका छन्। थप रक्तपात र जनधनको क्षति हुन नदिनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेर हिँडेको उनको भनाई छ।

राष्ट्रपति घानीले देश छाडेपछि तालिबान विद्रोहीहरूले देशको सबै सत्ता आफ्नो नियन्त्रणमा आएको र तालिबान विद्रोह अन्त्य भएको घोषणा गरेका छन्। 

उनीहरूले अहिले आफ्नै सरकार गठन गरेर आफ्नै तरिकाको शासन व्यवस्था लागू गर्ने तयारीसमेत गरेका छन्। 

अघिल्लो कार्यकालमा कठोर शासन व्यवस्था लागू गरेका तालिबान विद्रोहीहरूले अहिले भने शासन व्यवस्थामा केही लचकता अपनाउने अपेक्षा गरिएको छ । तर कतिपयले भने उनीहरू उस्तै कठोर नै हुने भएकाले समर्थन र सहयोग गर्न नसकिने अडान पनि व्यक्त गरिरहेका छन्। 

उनीहरूको शासन व्यवस्था कस्तो होला र सहकार्य गर्न सकिएला कि नसकिएला भन्ने उत्सुकता अहिले विश्व समुदायमा देखिएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .