ad ad

ग्लोबल


अफगानिस्तानको दशौँ सहरमा तालिबानको कब्जा, गजनीका गभर्नर गिरफ्तार

अफगानिस्तानको दशौँ सहरमा तालिबानको कब्जा, गजनीका गभर्नर गिरफ्तार

नेपालखबर
साउन २८, २०७८ बिहिबार १८:५७, काठमाडौँ

अफगानिस्तानको १० औँ प्रान्तीय राजधानीमा विद्रोही तालिबानले कब्जा जमाएको छ। 

तालिबान चरमपन्थीहरुले अफगानिस्तानमा एकपछि अर्को सहर कब्जा गर्ने क्रममा प्रान्त राजधानी गजनीलाई पनि नियन्त्रणमा लिएको हो।

तालिबान प्रवक्ता कारी युसुफ अहमदीले गजनीका गभर्नर कार्यालय, पुलिस मुख्यालय, सुरक्षा निर्देशालय र जेल समेत कयौँ स्थानमा कब्जा जमाएको हो। 

गजनीबाट आइरहेका तस्बिरमा पुलिस मुख्यालय बाहिर र शहरको ठूला ठूला भवनमा चरमपन्थीहरु देखिएका छन्।

एक तस्वीरमा तालिबान एक गाडीको जाँच गरिरहेका छन्। यो गाडी गजनीका गभर्नर र काबुलका पुलिस प्रमुखको रहेको बताइएको छ।

अफगानिस्तान सरकारले ताजा अवस्थाबारे कुनै टिप्पणी गरेको छैन।

गजनी काबुलबाट १३० किलोमिटर टाढा छ। योसहित तालिबानले एक सातामा १० वटा प्रान्तीय राजधानी कब्जा गरिसकेको छ।

तालिबानले यसअघि निमरोज, फराह, बगलान, बदख्शाँ,  जावजान, सर-ए-पुल, समन्गन, टखर र कुन्दुज शहरमा कब्जा जमाइसकेको छ। यी सबै प्रान्तीय राजधानी हुन्।

अफगानिस्तानको गृह मन्त्रालयले तालिबानले प्रान्तीय राजधानी कब्जा गरेको प्रकरणमा चार अधिकारीलाई पक्राउ गरिएको जनाएका छन्। 

उनका अनुसार  वार्डाक प्रान्तमा गजनीका गभर्नर दाउद लघमानी, उनका उप गभर्नर, कार्यालय निर्देशक र अन्य सहायकलाई गिरफ्तार गरेको छ।

उनीहरु बिहीबार बिहानै शहरमा तालिबानले नियन्त्रण गरेपछि काबुल गइरहेका थिए। उनीहरुलाई गृह मन्त्रालयको आन्तरिक सुरक्षा निर्देशालयले गिरफ्तार गरेको हो।

समाचार अनुसार तालिबानले गजनीमा कब्जा गर्ने क्रममा सरकारी अधिकारीले कुनै प्रतिरोध गरेका थिएनन्। त्यहीकारण  तालिबानले गभर्नर र उनका सहयोगीला सुरक्षित जान दिएका थिए। 

गजनीका प्रान्तीय परिषद उपाध्यक्ष अमानुल्लाह कामरानीले तालिबानले गभर्नरको कार्यालय र पुलिस मुख्यालयमा कब्जा गरेका छन्। अझै पनि सहरको केही भाग सरकारी नियन्त्रणमै रहेको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .