ad ad

ग्लोबल


अफगानिस्तानमा भएको सरकारी कारबाहीमा ८१ जना तालिवान लडाकु मारिए, कयौँ घाइते

अफगानिस्तानमा भएको सरकारी कारबाहीमा ८१ जना तालिवान लडाकु मारिए, कयौँ घाइते

नेपालखबर
साउन ११, २०७८ सोमबार ५:२९,

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा थप ८१ जना तालिवानी लडाकु मारिएका छन्।

लडाकुको अखडा रहेको ठाउँमा सरकारी सुरक्षाकर्मीहरूले हेलिकोप्टर र लडाकु विमानबाट आक्रमण गरेका अधिकारीहरूले जानकारी दिएका छन्।

देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार सुरक्षा कारबाही भएको सेनाले आइतबार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको कारबाहीमा अरु ४३ जना लडाकु घाइते भएका अधिकारीहरूले जनाएका छन्।

घटनास्थलबाट सुरक्षाकर्मीले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरू नियन्त्रणमा लिएका छन्।

अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन। 

तालिबान विद्रोही लडाकूहरूले देशका झण्डै २०० जिल्लालाई आफ्नो नियन्त्रणमा लिइएको दाबी गर्दै आएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .