ad ad

ग्लोबल


इक्वेडरका दुई जेलमा दंगा : कम्तीमा आठको मृत्यु, कयौँ घाइते

इक्वेडरका दुई जेलमा दंगा : कम्तीमा आठको मृत्यु, कयौँ घाइते

नेपालखबर
साउन ८, २०७८ शुक्रबार ५:२८,

इक्वाडोरका दुई जेलमा भएको दंगामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ। 

घटनामा अन्य २० जना घाइते  भएका सरकारी अधिकारीहरुले जनाएका छन्। घाइते हुनेमा तीनजना प्रहरी अधिकारीसमेत छन्।

इक्वेडरको दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएको हिंसामा आठ जना कैदी मारिएका छन्। त्यहाँ भएको दंगामा दुई प्रहरी अधिकारी घाइते भएका  छन्। 

एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएका अधिकारीहरुले पुष्टि गरेका छन्। 

इक्वेडरमा यसअघि गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए। 

देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच भएको झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो। इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधैँ समस्या हुने गरेको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .