ad ad

ग्लोबल


भगिरथ योगीको नेतृत्वमा गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन

भगिरथ योगीको नेतृत्वमा गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन

नेपालखबर
असार २६, २०७८ शनिबार १६:४२,

 प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवसीय पत्रकार महासङ्घ गठन गरेका छन्। 

भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो।     
     

प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरी काम गर्ने बताइएको छ। महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित्र नयाँ कार्यसमिति गठन गरिसक्ने जनाएको छ।     
     
महासङ्घका राष्ट्रिय शाखा भने तत्काल गठन गरिने नवनियुक्त अध्यक्ष योगीको भनाइ छ। महासङ्घको उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (युके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन्। यसैगरी सचिवमा अनिल अधिकारी (अमेरिका), छत्र शङ्कर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सहकोषाध्यक्ष महेश खाती (डेनमार्क) छन्। 

त्यस्तै सल्लाहकारमा डा भरतराज पौडेल (अस्ट्रेलिया) तथा डा जगन अधिकारी (युके) रहेका छन्। यस्तै जुन देशमा महासङ्घ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ।     
     

गैरआवासीय नेपाली पत्रकार महासङ्घ नेपालबाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ।      
     
बितेको एक दशकमा नेपालबाहिर नेपाली अनलाइन पोर्टल लगायतका सञ्चारमाध्यमको उल्लेख्य वृद्धि भएको छ। तिनको दिगोपना र गुणस्तरमा भने समस्या देखिएको छ। त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारलाई मान्य हुने गरी आचारसंहिताको विकास गर्नुपर्ने आवश्यकता पनि देखिएको बताइएको छ। साथै अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारका संस्थासँग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरू बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासङ्घ गठन गरिएको महासङ्घका अध्यक्ष योगीले बताए।     
     
महासङ्घले विदेशमा रहेका नेपाली पत्रकारलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवद्र्धनका लागि काम गर्ने जनाएको छ। रासस     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .