ad ad

ग्लोबल


क्यानडामा भएको आगलागीमा सात पाकिस्तानीको मृत्यु

क्यानडामा भएको आगलागीमा सात पाकिस्तानीको मृत्यु

नेपालखबर
असार २१, २०७८ सोमबार ५:३३,

क्यानडाको ओटावा शहरको एक घरमा आगलागी हुँदा कम्तीमा चार बालबालिकासहित सात पाकिस्तानीको मृत्यु भएको छ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा अवस्थित चेस्टमेरस्थित एक आवासीय घरमा आगलागी भएको हो। आगलागीमा परेर तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा १२ बर्ष मुनिका बालबालिका रहेका प्रहरी अधिकृत ट्यामी कैबेलले जानकारी दिए। 
आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर ज्यान जोगाएका छन्। 

घर धनी अमजाद कमलका अनुसार आगलागीको कारण खुलेको छैन। आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .