कास्की प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भएका २८ महिलासहित १ सय ५३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार माघ एक गतेयता चेक अनादरका ९६, लागुऔषकका १४, बैंकिङ कसूरका १८, अभद्र व्यवहारका ५, गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने २, स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कसूरका २,सवारी ज्यान मुद्दाका र कुटपिटका १/१ जना, जालझेल गर्ने ४,लेनदेनका १ र चोरीका ९ जना कसूरदारलाई पक्राउ गरेको हो।
उनीहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र एक करोड ५२ लाख ४८ हजार ८ सय ८५ रुपैयाँ जरिवाना असुल गर्नका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

प्रतिक्रिया