ad ad

गण्डकी


सहिद तथा बेपत्ताका परिवारलाई गाउँपालिकाले मासिक भत्ता दिने

सहिद तथा बेपत्ताका परिवारलाई गाउँपालिकाले मासिक भत्ता दिने

नेपालखबर
साउन १९, २०७९ बिहिबार ७:१३, काठमाडौँ

१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका सहिद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्।

ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका सहिद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ। 

पालिकाले गाउँसभाबाट नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो। गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि सहिद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकामा शसस्त्र द्वन्द्वका क्रममा राज्यको तर्फदेखि २१ जना सहिद र दुई जना वेपत्ता भएका थिए भने विद्रोही माओवादीको तर्फबाट चार जना शहीद गरी २७ जनालाई मासिक एक हजार ५०० का दरले भत्ता दिने निर्णय गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले जानकारी दिए।

‘सहिद तथा वेपत्ता परिवारलाई भत्ता दिनका लागि आवश्यक बजेट गाउँ सभामार्फत छुट्टिएका थियौ, अहिले नीति बनाएर लागू गर्यौं, सहिद र वेपत्ता परिवारलाई राज्यले सूचिकृत गरेकाले तत्कालै भत्ता दिन शुरु गछौं’ गाउँपालिका अध्यक्ष विकले भने, ‘घाइते तथा अपाङ्गताको हकमा घाइते तथा अपाङ्गता भएको परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि घाइतेको प्रकृतिको आधारमा पाँचसय देखि एक हजार भत्ता दिने भएका छौं।’

गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन्। 
 
ताराखोला गाउँपालिकाका सहिद बेपत्ता तथा घाइतेको योगदानले स्थापित एक स्थानीय तह भएकाले थोरै भएपनि उनीहरुको योगदानलाई सम्बोधन गर्न खोजिएको गाउँपालिका अध्यक्ष विकले बताए।

यस्तै पालिकाले बिद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएको परिवारलाई रोजगारी दिने गरी नीति ल्याएको छ। पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, पालिकाले करार शिक्षक, बालबालिका सहजकर्ता र विद्यालय कर्मचारी पारिश्रमिक सम्बन्धी कार्यविधि २०७९ समेत स्वीकृत गरेको छ।

कार्यविधिमा विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई एक हजार र विद्यालय लेखापाललाई तीन हजारका दरले वृद्धि गर्ने उल्लेख गरिएको छ।

रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .