ad ad

गण्डकी


तनहुँमा एक वर्षमा सवारी दुर्घटनाबाट ४९ जनाको मृत्यु

तनहुँमा एक वर्षमा सवारी दुर्घटनाबाट ४९ जनाको मृत्यु

रासस
साउन १२, २०७९ बिहिबार १०:२०, तनहुँ

तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। 

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए।

दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए। 

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए।

ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन्।

आव २०७६/७७ मा ४४ तथा आव २०७५/७६ मा ६० जनाको   सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो। 

सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए।

'तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ', नेपालले भने, 'युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .