ad ad

गण्डकी


पहिराेले याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पहिराेले याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

फाइल फोटाे


रासस
साउन १०, २०७९ मंगलबार ७:४६, दमौली

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट खसेको पहिराेका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए।

पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .