पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ।
जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए।
यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ।
'कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने खतरा बढेको छ। यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ' पौडेलले भने।
ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्चमात्रामा रहेको पाइएको छ।
उनका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न ३१ ठाउँमा रहेका पानीका स्रोतमा गरिएको परीक्षणका क्रममा ८० प्रतिशत, फलेबास नगरपालिकाभित्रका विभिन्न १४ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका ७८ प्रतिशत, मोदी गाउँपालिकाका १५ ठाउँको पानी परीक्षण गर्दा तीमध्येका ६६ प्रतिशत, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा तीमध्येका ६१ प्रतिशत, पैँयु गाउँपालिका १४ मध्ये ५७ प्रतिशत र बिहादी गाउँपालिकाका १२ मध्ये ७५ प्रतिशत मुहानको पानीमा ‘कोलिफर्म’ फेला परेको छ।
Shares
प्रतिक्रिया