ad ad

गण्डकी


बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध

बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध

रासस
असार १८, २०७९ शनिबार १२:१०, म्याग्दी

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । 

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताए। 'सडक खुलाउने काम भइरहेको छ,'  उनले भने। 

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ।

नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन्। 

अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन्।

स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ। 
 

 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .