ad ad

रोचक


स्वास्थ्यमन्त्रीको फेसबुक लाइभमा झुक्किएर ‘क्याट फिल्टर’ प्रयोग भएपछि...

स्वास्थ्यमन्त्रीको फेसबुक लाइभमा झुक्किएर ‘क्याट फिल्टर’ प्रयोग भएपछि...

एजेन्सी
असार ३, २०७६ मंगलबार ११:९,

पाकिस्तानका सूचना तथा स्वास्थ्यमन्त्री साउकत युसफजीले गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

उनले पत्रकारलाई महत्वपूर्ण विषयमा जानकारी गराइरहेका थिए। सो क्रममा उनी आवद्ध पाकिस्तान टेरिक–इ–इनसाफ ‘पीटीआइ’ पार्टीको फेसबुक पेजबाट फेसबुक लाइभ गरिएको थियो।

सो क्रममा फेसबुक लाइभको फिचर ‘क्याट फिल्टर’ थिचिएपछि मन्त्री साथसाथै उनका छेउमा रहेका अन्य नेतामा उक्त फिल्टर प्रयोग भयो। यसको असर सिधा भिडियोमा देखिएको थियो।

A Facebook live stream of Shaukat Yousafzai

यससँगै यस विषय विश्वभर चर्चामा आएको छ। मानिसहरुले क्याट फिल्टर प्रयोग भएको भिडियो देख्नासाथ त्यसको फोटो खिच्न थाले। स्क्रिन सट गरेर राखे।

यस घटनापछि मन्त्री युसफजीले एएफपीसँग भनेका छन्,‘यसलाई गम्भीर विषय बनाउनु हुँदैन।’ उनको पार्टीले पत्रकार सम्मेलन सकिना साथ फेसबुकको उक्त भिडियो डिलेट गरिसकेको छ।

मानवीय त्रुटी भएकोभन्दै यस विषयबारे स्पष्टिकरण दिइएको छ। यद्यपी पाकिस्तानका सामाजिक संजाल प्रयोगकर्ता माझ यस विषय निकै लोकप्रिय रह्यो। केहीले यसको ट्रोल पनि बनाएका छन्।

Image result for pakistan cat filter

Image result for pakistan cat filter

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .