ad ad

रोचक


७ महिना ७ दिनमा यी महिलाले एकैपटक जन्माइन् १० सन्तान!

७ महिना ७ दिनमा यी महिलाले एकैपटक जन्माइन् १० सन्तान!

नेपालखबर
जेठ २६, २०७८ बुधबार १३:५,

३७ वर्षकी जोसियामी थामरा सितहोलले सात छोरा र तीन छोरीलाई जन्म दिएको बताइएको छ।

सितहोलले डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताएपनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको बताइन्।

प्रेटोरिया न्युजसँग उनका श्रीमान तेबोहो सोतेसीले भनेका छन्,‘७ छोरा र ३ छोरीको जन्म भएको छ। मेरी श्रीमती ७ महिना ७ दिनको गर्भवती थिइन्। म खुशीसँगै भावुक भएको छु।’

यसैबीच यतिबेला सितहोलले गिनिस वर्ल्ड रेकर्ड राखेको भनेर चर्चा चलेको छ। हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपटक जन्म भएको रेकर्ड थियो।

सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ। मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन्।

गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले यो समाचार सत्य भए सितहोलले नयाँ कीर्तिमान कायम गरेको बताएको छ। एनडीटीभी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .