ad ad

रोचक


बेहुली प्रेमिका भेट्न यी पुरुष विवाह समारोहमा महिला बनेर पुगेपछि...

बेहुली प्रेमिका भेट्न यी पुरुष विवाह समारोहमा महिला बनेर पुगेपछि...

नेपालखबर
जेठ २४, २०७८ सोमबार ११:३३,

त्यतिमात्र होइन अन्जु पन्तले गाएको गीत ‘माया एउटासँग बिहे अर्कोसँग पनि’ चर्चित गीत हो।

भारतको एक घटनापछि यो गीत यथार्थपरक रहेछ भनेर हामी बुझ्न सक्छौं।

वास्तवमा जसलाई प्रेम गरिन्छ त्यही व्यक्तिसँग विवाह गरिन्छ भन्ने नै हुँदैन। भारतको उत्तर प्रदेशस्थित बादोहीमा माथि उल्लेखित गीतमा भनिएजस्तै एक युवा र युवतीबीच प्रेम हुन्छ तर विवाह भने युवतीले अर्कैसँग गर्छिन्।

तर पुरुष आफ्नी प्रमिका अन्तिमपटक भेट्न उनको विवाह समारोहमै पुग्छन्। रोचक के भने ती पुरुष महिलाको भेषमा विवाह समारोहमा पुगेका हुन्छन्।

सार्वजनिक भिडिओमा एक पुरुष महिलाको भेषमा विवाहघर पुगेका हुन्छन्। तर उनको योजना असफल हुन्छ जब त्यहाँका मानिसहरुले उनी नक्कली महिला भएको थाहा पाउँछन्।

ती पुरुष महिलाको भेषमा बेहुली कोठामा घुस्न खोजेका हुन्छन्। तर बेहुलीको परिवारले यो विषय चाल पाउँछन् उनीहरुले प्रहरीलाई खबर गर्छन्।

त्यहाँका मानिसले पक्रन खोजेपछि नै ती पुरुष आफ्ना दुई साथीसँग फरार भएको इन्डिया टुडेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .