ad ad

रोचक


श्रीमानको मृत्यु भएको १० वर्षपछि कसरी मृत श्रीमानकै बच्चा जन्माइन् यी महिलाले

श्रीमानको मृत्यु भएको १० वर्षपछि कसरी मृत श्रीमानकै बच्चा जन्माइन् यी महिलाले

नेपालखबर
भदौ १, २०७६ आइतबार १२:६,

ती बच्चा मृत्यु भएकै श्रीमानको भएको वेलायती संचारमाध्यमले जनाएका छन्।

यसअघि सन् २०१३ मा ती महिलाले पहिलो बच्चा जन्माएकी थिइन्।

वेलायती महिला एन्जिलिना लेकी जेम्सका श्रीमान क्रिसको दशवर्ष अगाडि क्यान्सरका कारण मृत्यु भएको थियो।

वेलायती संचारमाध्यमका अनुसार क्यासर पीडित क्रिसको निधन अगाडि उनको विर्य जम्मा गरिएको थियो।

आईभीएफ ‘इन भिट्रो फर्टिलाइजेसन’ प्रविधिको माध्यमबाट ती महिला बच्चा जन्माउन सफल भएकी हुन्।

Image result for ivf test tube baby

प्रविधिको प्रयोगबाट मृत श्रीमानको जम्मा गरिएको विर्य महिलाको शरीरमा प्रवेश गराइएको थियो।

एन्जिलिना पहिलोपटक सन् २०१३ मा गर्भवती भएकी थिइन्। त्यसबेला उनले सफल रुपमा बच्चा जन्माएकी थिइन्। यसपटक पनि उनी स्वस्थ बच्चा जन्माउन सफल भएकी हुन्।

सन् २००७ मा दुवैले विवाह गरेका थिए। तर सन् २००८ क्रिसको निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .