यसै विषयमा अमेरिकाका अनुसन्धानकर्ताले अनुसन्धान गरेका छन्। र केही तथ्य पत्ता लगाएका छन्।
वैज्ञानिकहरुका अनुसार जतिपटक बिरालोले घाँस खान्छ, उसले त्यतिपटक बान्ता गर्छ। बान्ता गरेता पनि बिरालोले घाँस भने खान छाड्दैन।
युनिभर्सिटी अफ क्यालिफोर्निया स्कुल अफ भेटेरिनारी मेडिसिनको अध्ययन अनुसार बिरालोले उत्पतीदेखि नै घाँस खाँदै आएको देखिन्छ।
अध्ययनकर्ताका अनुसार पेटमा जुका परेका बेला बिरालोले जुकालाई हटाउन औषधी स्वरुप हरियो घाँस खाने गर्छ।
वर्तमान समयमा बिरालोका लागि औषधीहरु बनेका छन्। तर पनि बिरालोले घाँस खाने बानी भने छाडेको छैन।
अध्ययनमा १ हजार २१ बिरालोलाई समावेश गरिएको थियो। अध्ययनमा बिरालोका मालिकले बिरालोसँग ३ घन्टा विताएका थिए।
३ घन्टाको समयमा ७१ प्रतिशत बिरालोले हरियो घाँस खाएको देखिएको छ।
वैज्ञानिकहरुले बिरालोले घाँस खानुको कारण एउटा बानीको रुपमा हेरेका छन्। अर्को बिरालोले जुकाको औषधीको रुपमा घाँस खाने गरेको बताएका छन्। एजेन्सी
प्रतिक्रिया